बक्यौता नबुझाउने तीन क्यासिनो कम्पनीको अनुमति पत्र रद्द

 चैत १७, २०७८ बिहिबार ९:३५:२५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्यासिनाेकाे बक्यौता रकम असुल गराउन निर्देशन दिएपछि विभागले पाँच दिनको अल्टिमेटम दिएको थियो । 

बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि क्यासिनो कम्पनीले सरकारलाई तिर्नु पर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन विभागले कारबाहीका लागि प्रहरी प्रधान कार्यालय नक्साललाई हिजो पत्राचार गरेको छ । पर्यटन विभागका अनुसार रक इन्टरनेशनल प्रालि काठमाण्डौको ३० करोड ३८ लाख रुपैयाँ, ह्याप्पी आवर काठमाडणौको ३० करोड १७ लाख रुपैयाँ र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड रुपैयाँ सरकारलाई क्यासिनो सञ्चालन बापत तिर्नु पर्ने बक्यौता बाँकी रहेको छ । पटक पटक बक्यौता रकम बुझाउन क्यासिनो कम्पनीलाई पत्राचार गरिए पनि नबुझाएकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम ती कम्पनीका इजाजतपत्र/अनुमतिपत्र रद्द गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७  सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार रुपैयाँ उठाउन बाँकी रहेको छ । हाल सम्म १७ वटा कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया