एसिया कप क्रिकेट : श्रीलंकाविरुद्ध बंगलादेशकाे शानदार जित

 भदौ ३१, २०७५ आइतबार ७:५८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेट अन्तर्गत उद्घाटन खेलमा समूह बी मा रहेको बंगलादेशले श्रीलंकाविरुद्ध १३७ रनको शानदार जित आत्मसाथ गरेको छ । 

दुवईको सारजाँह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६१ रन बनाएको थियो । बंगलादेशका लागि पूर्व कप्तान मुशफिकर रहीमले १४४ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।

अन्तिम विकेटका रुपमा आउट हुनुअघि उनले १५० बलमा ११ चौका र ४ छक्का प्रहार गर । त्यस्तै मोहम्मद मिथुनले पनि ६३ रनको शानदार अर्धशतकीय इनिङ खेले । 

बलिङतर्फ भेट्रान श्रीलंकाली बलर लसिथ मालिंगाले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २२ रन खर्चिए । 

२६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सम्यानहरुले कमजोर प्रदर्शन गरे । श्रीलंका ३५.२ ओभरमा १२४ रनमै समेटिएपछि बंगलादेशको १३७ रनको जित सम्भव भएको हो ।

श्रीलंकालाई सस्तैमा समेट्न किफायती बलिङसहित बंगलादेशका मसरफे मुर्तजा, मुस्ताफिजुर रहमान र मेहिदी हसन मिराजले दुई दुई विकेट लिए । मुशफिकर रहिम खेलको म्यान अफ द म्याच चुनिए ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया