गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन समिति गठन

 चैत २०, २०७८ आइतबार १८:३८:९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गृहकार्य सुरु भएको छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न एक समिति गठन गरेको हो । 

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सदस्य सचिव तथा पर्यटन बोर्डका सिनियर निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर निलविक्रम थापा र बिशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेका छन् । यो समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि स्थलगत अध्यन गर्ने तथा त्यस क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायतसँग छलफलसहित परामर्श गरी प्रतिवेदन बुझाउने समितिका संयोजक डा. पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो समितिले सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकायसँग छलफल गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्नेछ । यो विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन मन्त्री आलेले यसअघि नै एक अर्ब रुपैयाँ बजेट बिनियोजन गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया