रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
दीपिका पादुकोण र रणवीर सिंहका साथ ३ वटा सुपरहिट फिल्म निर्माण गरीसकेका निर्देशक सञ्जय लीला भन्सालीले यस पटक भने दीपिका नभइ अभिनेत्री आलिया भट्टका साथ फिल्म निर्माण गर्ने सोच बनाउँदै आलिया कहाँ पुगे । तर सञ्जयको यस प्रस्तावलाई अभिनेत्री आलिया भट्टले भने अस्वीकार गरिदिएकी छिन् ।
अहिले भन्सालीले आफ्नी उनै पुरानी अभिनेत्री दीपिका पादुकोणलाई उनको अब बन्ने पिरियड ड्रामा फिल्मका लागि साइन गरिसकेका छन् । यता आलिया भट्टले सञ्जयको फिल्ममा काम नगर्नुको कारण बनेका छन् निर्देशक तथा निर्मता करण जोहर । करण जोहरका कारण आलियाले भन्सालीको फिल्ममा काम गर्नबाट बञ्चित हुनुपर्याे ।
आलियाले करण जोहरको फिल्म ‘कलंक’ मा काम गरिरहेकी छिन । उनी सञ्जय लीला भन्सालीको फिल्ममा पनि काम गर्न चाहन्थिन् तर करण जोहरले फिल्म ‘कलंक’को घोषणा सञ्जयको फिल्मसँगै गरिदिएपछि आलिया दुविधामा परिन् । आफूलाई बलिउडमा स्थापित गराएका करण जोहरको फिल्मका कारण आलियाले काम गर्ने चाहाना हुँदाहुँदै पनि भन्सालीको प्रस्ताव अस्विकार गरिदिइन् ।
तसर्थ अभिनेत्री दीपिका पादुकोणनै भन्सालीको फिल्ममा काम गर्न पक्का भएको छ । भन्सालीले यस अघि दीपिका पादुकोण र रणविर सिंहका साथ बनाएका तीन वटै फिल्म सुपर हिट भएपछि उनको चौथो फिल्म पनि यही जोडीका कारण हिट हुने कुरामा विस्वस्त छन् ।
अभिनेत्री आलिया भट्ट यतिबेला दीपिकाको पूर्व प्रेमी रणवीर कपूरका साथ प्रेम सम्बन्धमा छिन् भने आलियाले दीपिकाको अहिलेका प्रेमी रणविर सिंहका साथ फिल्म ‘गली ब्वाय’ को छायांकनको काम केही दिन अघि मात्रै सक्काएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।