गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले गर्ने

 चैत २१, २०७८ सोमबार १४:५९:३७ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डो – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ ।

यो विमानस्थलमा व्यावसायिक उडान गर्नका लागि अहिलेसम्म ११ वटा कम्पनीको चासो देखाएका प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएसँगै प्राधिकरणले त्यसको तयारी गरेको हो ।

यो विमानस्थलमा क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडान उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । यो विमानस्थलमा गएको फागुन पहिलो हप्ता थाइल्यान्डको एरो थाईले क्यालिब्रेशन फ्लाइट गरेको थियो । 

यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ । यो विमानस्थलमा व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायु सेवा, जजिरा एअरवेज, श्रीलङ्कन एअर, सलाम एअर, थाई स्माइल, कतार एअर, फ्लाई दुबई, गल्फ एअर, गो एअर, एअर बिच र ओमन एअर रहेका छन् । 

हप्ताको सातै दिन उडान गर्ने योजना बनाएको जजिरा एअरवेजले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया