निर्मला पन्तको घटना छानबिन गर्न गठित समिति पुनगर्ठन गरियाे, डीआइजी धिरु बस्नेत संयोजक

 भदौ ३१, २०७५ आइतबार १७:०:२१ | उज्यालो सहकर्मी

काठमाडाैं - नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानविन गर्न गठित समिति पुनगर्ठन गरेको छ ।

छानबिन समितिलाई शक्तिशाली बनाउन डीआइजी धिरु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिनुभयो ।

यो छानबिन समितिमा यसअघि  संयोजक रहेका एसएसपी उत्तम सुवेदीसहित पुरानै ५ सदस्य पनि छन् । समितिलाई निलम्बनमा परेका ६ जना प्रहरी अधिकारीमाथि पनि सोधपुछ गर्ने जिम्मेवारी दिइएको छ । प्रहरीले नै प्रमाण नष्ट बनाएको भन्ने आरोप लागेसँगै प्रहरीले ६ जना प्रहरी अधिकृतलाई निलम्बन गरेको थियो ।

साउन १० गते बेपत्ता भएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ गते शव फेला परेको थियो । यो बलात्कार र हत्याको छानविनमा प्रहरीले सुरुमा नै लापरवाही गरेको आरोप लाग्दै आएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया