चार लाख रुपैयाँ नगदसहित आठ जुवाडे रंगेहात पक्राउ

 भदौ ३१, २०७५ आइतबार १८:२५:५९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जिल्ला प्रहरी कार्यलयले जुवा खेल्दै गरेको अवस्थामा आठजना जुवाडेलाई पक्राउ गरेको छ ।

सदरमुकाम चैनपुरमा रहेको माउन्टेन भ्यू होटेलबाट जुवा खेल्दै गरेको अवस्थामा आठ जुवाडे र होटल साहु गरी नौ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवा खेलबाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैयाँ नगद बरामत गरेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो ।

प्रहरी पक्राउ परेका जुवाडेहरुमा मष्टा गाउँपालिका–५, का लालबहादुर बोहरा, वडा नम्बर ६ का शिवराज बोहरा, सोही गाउँपालिका ७ का मातसिंह बोहरा रहेका छन् । यस्तै जयपृथ्वी नगरपालिका ५ का कलकबहादुर सिंह, वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकाश रोकाया पक्राउ परेको डीएसपी धिताले बताउनुभयो ।

प्रहरी प्रमुख धितालका अनुसार छविसपाथीभेरा गाउँपालिका ७ का तिलक धामी र सोही गाउँपालिका २ का विराट कठायत पनि पक्राउ परेको बताउनुभयो । प्रहरीले शनिबार राति विषेश सूचनाको आधारमा माउन्टेन भ्यू होटेलको २०४ नम्बर कोठाबाट जुवा खेली रहेका आठजनालाई पक्राउ गरेको हो ।

होटेल संचालक सुर्मा गाउँपालिका ४ घर भएका चक्रबहादुर बोहरालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । भदौको पहिलो सातदेखि सदरमुकाम चैनपुुरमा ठूलो रकमको जुवा तास हुन लागेको जनगुनासो आउन थालेपछि पहिले पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक प्रविण धितालले जुवाडेहरुलाई प्रक्राउ गरेको बताउनुभयो । 


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया