कतारमा एक नेपालीलाई मृत्युदण्ड, गोली हान्न अदालतको आदेश

 जेठ २१, २०७५ सोमबार १७:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ २१ – कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महाेत्तरीकाे अाैरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन आदेश दिएको हो । 

कतारको तल्लो अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । चौधरीलाई कतारी नागरिक अल–नुयमीको हत्या हत्या अभियोगमा सन्न् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया