डाेटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

 चैत २९, २०७८ मंगलबार १३:२६:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी - सेती नदीमा नुहाउने क्रममा डुबेर आज एकजना वृद्धको ज्यान गएको छ ।

डाेटीकाे प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोसीले जानकारी दिनुभयो ।

आज बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया