व्यावसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

 चैत ३०, २०७८ बुधबार ११:१४:५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – कृषकहरुलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामाग्री तथा औजार वितरण  गरिएको सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । 
तरकारी पकेट कार्यक्रम अन्तर्गत सन्धिखर्क १० का व्यावसायिक कृषकलाई मिनि टिलर, प्लास्टिक टनेल, पावर स्प्रे, हजारी लगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा  वितरण गरिएको हो ।

व्यावसायिक कृषकलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले कृषि सामाग्री हस्तान्तरण  गर्नुभएको हो  । सामाग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी  उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । व्यावसायिक रुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगर प्रमुख भुसालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया