सकियो नाडा अटो शो, ८ सय कार र १६ सय बाइक तथा स्कुटर बुकिङ

 भदौ ३१, २०७५ आइतबार २०:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - ८ सय चारपांग्रे तथा १६ सय दुइपांग्रे गाडीको बुकिङ गर्दै १३ औं नाडा अटो शो सम्पन्न भएको छ ।

गएको मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको नाडा अटो शो मा झण्डै ८ सय कार, जीप भ्यान तथा १६ सय मोटरसाइकल र स्कुटर बुकिङ भएको नेपाल अटोमोवाएल्स डिलर्स एसोशियसन नाडाले जनाएको छ । अटो शो मा चारपांग्रे, २ पांग्रे र पाटपुर्जाका गरी ७१ कम्पनीका १ सय ३४ स्टल राखिएको थियो । 

६ दिनसम्म चलेको मेलामा ६५ हजार जनाले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले यो पटकको नाडा अटो शो अहिलेसम्मकै उत्कृष्ट भएको पनि दावी गर्नुभयो । 

मेलामा गाडी बुकिङ गर्नेहरुका लागि विभिन्न कम्पनीले विशेष योजनाको घोषणा गरेका छन् । यसपटकको अटो शो मा  हुन्डाइको आयोनिक, टाटा टियोर इलेक्ट्रिक, महिन्द्रा भेरियो, किया सोल इभी लगायत विद्युतीय कारमा धेरैको आकर्षण रहेको थियो । 

उत्कृष्ट स्टलको उपाधी फक्सवागनलाई

१३ औं नाडा अटो शो को उत्कृष्ट स्टल फक्सवागनले जितेको छ । चारपांग्रेतर्फको उत्कृष्ट स्टल फक्सवागनले जितेको र २ पांग्रेको उत्कृष्ट स्टल टिभिएसले जितेको छ । उत्कृष्ट ल्यूव, टायर, पार्टसलगायतका स्टलमा रिटा अटोमोवाएल्सले जितेको छ ।  नाडाले हरेक वर्ष उत्कृट स्टलाई सम्मान गर्दै आएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया