आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
बैतडी – जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ६ दुदिलाखानमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । से १ ज ५८४ नम्बरको जीप आइतबार राति ८ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा सिगासका जनक बिष्ट, जगदिश पन्त, करुणाकर जोशी र पाटन ९ का राजेन्द्र बिजले रहेका छन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भैरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता कान्तिराज जोशीले बताउनुभयो । खोड्पेबाट बझाङतर्फ गइरहेको जीप पल्टिएको थियो ।