बुद्धपूर्णिमाको दिनदेखि भैरहवामा जजिरा एअरलाइन्सको उडान सुरु हुने, नेपालबाट ३० यात्रुको बुकिङ्

 बैशाख १०, २०७९ शनिबार १८:५८:२१ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – गएकाे बिहीबारदेखि विधिवत् रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलाइन्सले बुद्धपूर्णिमाकै दिनदेखि उडान सुरु गर्ने भएकाे छ । बुद्धपूर्णिमा अर्थात् जेठ दुई गते कुवेतबाट २७८ जना यात्रु बोक्नसक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान साढे दुई बजे नेपालबाट ३० जना यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

त्यसपछि हप्ताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्नेगरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० जना यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ वटा जहाजले उडान भर्छन् । एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेका कारण जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो । उहाँका अनुसार जजिराको उडान हुने खबरले व्यवसायीहरु उत्साहित देखिएका छन् ।

भैरहवामा रहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार पाँच सय मिटर  लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ ।”

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया