उदयपुरमा जीप दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, ८ घाइते

 असोज १, २०७५ सोमबार १६:२५:१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । 

काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको ना१ज ७९६९ नम्बरको जीप उदयपुरको कटारी नगरपालिका –१४, घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो ।

जीपमा सवार २ विदेशी नागरिकमध्ये मृतक महिला हुन् । उनी कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन । 

चालक र एक विदेशी नागरिक सहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया