दाङ : एक सय ५३ मतदान स्थल, तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन

 बैशाख १५, २०७९ बिहिबार ९:१५:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – वैशाख ३० गते हुने पालिका तहको ‍चुनावका लागी दाङमा १ सय ५३ वटा मतदान स्थल रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा १ सय ५३ वटा मतदान स्थलमा ४ सय ६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

म्यादी प्रहरीसहित तिन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भर्ना भएका म्यादी प्रहरीसहित सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएकाे चैतमा जिल्लामा १ हजार ७ सय भन्दा बढी म्यादी प्रहरी छनाैट भएका छन् । उनीहरुलाई गएकाे सोमवार सुरक्षाकर्मी सहित परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

दाङका दश पालिकाका १ सय ५३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरी त्यसैको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारी परिचालन गरी आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने योजनाका साथ सुरक्षा व्यवस्थापन र परिचालन भएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया