तुलसीपुर उपमहानगरमा ९६ जनाकाे उम्मेदवारी फिर्ता

 बैशाख १६, २०७९ शुक्रबार २०:२९:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा पालिका चुनावका लागि उम्मेदवारी दिएकामध्ये एक सय ७६ जनाले मनाेनयन फिर्ता लिएका छन । दाङमा दुई हजार चार सय १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । 

चुनावी कार्यतालिकाअनुसार आज शुक्रवार बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय दिइएको थियो । त्याे समयमा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका एक सय ७६ जनाको मनाेनयन फिर्ता स्वीकृत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

मनाेनयन फिर्ता लिनेमा सबैभन्दा धरै तुलसीपुर उपमहानगरपालिकाका ९६ जना उम्मेदवार रहेका छन् । यस्तै घोराही उपमहानगरपालिकाका १८ जना, बबईबाट १४ जना, दंगिशरणबाट १३ जना, राप्तीबाट नाै जना, गढवाबाट आठ जना, लमहीबाट सात जना, राजपुर र शान्तिनगरबाट पाँच/पाँच जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । 

भाेलि १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया