यू १९ एकदिवसीय क्रिकेटमा आज नेपाल र अफगानिस्तान खेल्दै

 असोज २, २०७५ मंगलबार ८:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् । 

भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् ।

नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो । 

लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा अफगानिस्तानलाई फेरि पराजित गर्न सके तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया