एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दाबी गर्नु भएको छ ।
अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको तर्क समेत गर्नुभयो । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले वर्तमान मुलुकको समस्या कम्युनिष्ट र कांग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको दाबी गर्नुभयो ।
अध्यक्ष थापाले नागरिकको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भए पनि सबै राजनीतिक दल सहमत हुने दाबी गर्नुभयो । उहाँले मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभई व्यवस्थाको कारण भएको बताउनुभयो ।
अध्यक्ष थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न पनि निर्देशन दिनुभयो । २ दिनसम्म चल्ने केन्द्रीय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राष्ट्रिय प्रजातन्त्र पाटीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।