चुनावी सभालाई सम्बाेधन गर्न भोलि देउवा र प्रचण्ड दाङ आउँदै

 बैशाख २४, २०७९ शनिबार १३:१८:२७ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि आइतबार दाङ आउने भएका छन् । पालिका तह चुनावलाई सम्बाेधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका देउवा र प्रचण्ड दाङ आउन लागेका हुन् ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको यही २५ गते आइतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेताहरुले सम्बाेधन गर्ने छन् ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितिले जनाएको छ । जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीदमञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएका छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया