सामाजिक सञ्जालमा ‘प्रचण्ड’लाई जुत्ता हान्छु' भनेर लेख्ने पत्रकार पक्राउ

 बैशाख २५, २०७९ आइतबार ११:५४:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका बुढाले सामाजिक सञ्जाल फेसबुकमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोष्ट गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो । प्रहरी प्रमुख काफ्लेले बुढामाथि विद्युतीय कारबाही ऐनअनुसार कारबाही हुने बताउनुभयो ।

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ । प्रचण्डसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि दाङ आउन लागेपछि प्रहरीले जिल्लाको सुरक्षा अवस्था कडा पारेको छ । पक्राउ परेका बुढाले तुलसीपुरबाट राप्ती पहिचान नामको अनलाइन सञ्चालन गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया