दाङका झन्डै ७४ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच

 बैशाख २७, २०७९ मंगलबार १२:६:१७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङका झन्डै ७४ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म झन्डै ८२ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुर्याउने लक्ष्य रहेको छ ।

आयोजना सम्पन्न हुन थालेपछि दाङका नागरिकमा खानेपानीको पहुँच बढ्दो छ ।

प्रदेश सरकार स्थापनापछि खानेपानीका आयोजना निर्माणको काम छिट्टै हुन थालेकाले पाइप लाइनको खानेपानीको पहुँच पुग्ने घरधुरी धेरै भएको खानेपानी कार्यालयको भनाइ छ ।

अहिले पनि दाङमा सात वटा बजेट उपशीर्षकमा प्रदेशको आन्तरिक श्रोतबाट २ सय ६१ र सङ्घको सःसर्त अनुदान तर्फका ७६ गरी ३ सय ३७ वटा आयोजना कार्यान्वयनको चरणमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख भोलाप्रसाद थापाले जानकारी दिनुभयो ।

प्रदेश सरकार अन्तर्गतका आयोजनाको काम छिटो भए पनि सङ्घीय सःसर्त तर्फका आयोजनाको प्रगति भने कम छ । बजेट थोरै आउने हुँदा ती आयोजना कार्यान्वयनमा ढिलाइ हुने गरेको कार्यालयको भनाइ छ । अहिले सञ्चालनमा रहेका सङ्घीय सःसर्त तर्फका आयोजना सम्पन्न भए दाङका ९५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया