धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

 असोज २, २०७५ मंगलबार १८:५०:४४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ ।

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उहाँले उल्लेख गर्नुभयो । 

खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Yagya khadka

    Sept. 18, 2018, 8:56 p.m.

    पटक पटक धाजा फाट्ने बिमान स्थल को रनवे के कारण हो पत्ता लगाउने काम पनी गर्दैनौ । हे बिमानस्थल हेर्ने गोठाला हरू हो कुनै दिन ठुलै दुर्घटना भयो भने तिमि हरू को जागिर त जान्छ जान्छ देश को पो ठुलै बिइजेत हुने भयो

  •  0 Reply

तपाईको प्रतिक्रिया