पानी परेर हिलाम्मे भएपछि दाङमा मतदान केन्द्र सारियो

 बैशाख २९, २०७९ बिहिबार १७:५०:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एक मतदान केन्द्र सारिएकाे छ । उपमहानगरकाे वडा नम्बर ५ को अरनिको मैदानमा रहेको मतदान केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको छ ।

आज बिहीवार राजनीतिक दलसँगकाे सर्वदलीय बैठकपछि यस्ताे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । 

अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया