अर्घाखाँचीमा ९७ वर्षीय बृद्धद्वारा मतदान

 बैशाख ३०, २०७९ शुक्रबार ८:६:९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची  - अर्घाखाँचीको सन्धिखर्क १० मा ९७ वर्षीय टोपबहादुर हमाल ठकुरीले मतदान गर्नुभएको छ । उहाँले बिहानै मतदान गर्नुभएको हो ।

अर्घाखाँचीमा महिला ८१ हजार ४ सय ४९ जना पुरुष मतदाता र ८२ हजार ३ सय ६६ जना महिला मतदाता गरी कुल १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् ।

जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा पालिकाका ६१ वटा वडाका जनप्रतिनिधिको लागि मतदान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया