‘विषाक्त रक्सी’ का कारण मलेसियामा श्रीमान गुमाएकी माया भन्छिन् : एकैछिनमा यो के भयो ?

 असोज २, २०७५ मंगलबार १९:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

‘यो सब एकदमै चाँडो भयो’, विषाक्त रक्सी पिएका कारण मलेसियामा ज्यान गुमाएका आइते सिंह गोलेकी श्रीमती डोल्मो मायाले मलेसियाली अनलाइन द स्टारलाई बताएकी छिन् । 

आइतेको उपचारका क्रममा सुंगाई बुलोह अस्पतालमा मंगलबार ज्यान गएको हो । 

डोल्माका अनुसार आइतेलाई मंगलबार एक्कासि श्वासप्रश्वासमा समस्या देखिएको थियो । ‘मेरो श्रीमान कामबाट हिजो राति घर आउनुभयो । उहाँले आफूले अलिकति पिएको बताउनुभएको थियो ।’

डोल्मा भन्नुहुन्छ, ‘हिजो राति उहाँ ठिकै हुनुहुन्थ्यो । बिहान म काममा जाने बेला पनि ठिकै हुनुहुन्थ्यो’, अस्पतालको शवगृहबाहिर भेटिनुभएकी डोल्माले भन्नुभयो । 

डोल्मालाई मंगलबार दिउँसो २ बजेतिर आइतेले श्वासप्रश्वासमा गाह्रो भएको भन्दै फोन गर्नुभएको थियो । ‘म हतारहतार घर आएँ र उहाँलाई अस्पताल लगेँ’, उहाँले भन्नुभयो । ‘सबै एकदमै चाँडो भयो । हामी १५ मिनेटमै अस्पताल पुगेका थियौँ । अस्पताल लैजानेबित्तिकै उहाँ नरहेको जानकारी मलाई दिइयो ।’

आठ वर्षदेखि सुंगाई बुलोहको एउटा प्लाष्टिक फ्याक्ट्रीमा काम गरिरहेका आइतेका ३ जना छोराछोरी रहेका छन् । 

सेलांगोर प्रहरीका अनुसार विषाक्त रक्सी पिएका कारण १५ जनाको ज्यान गएको छ । त्यसमध्ये चार जना नेपाली रहेका छन् ।  बिरामी परेका १५ जना अन्य नेपाली कामदारको उपचार भैरहेको छ । 

विषाक्त रक्सी पिउँदा मलेसियामा चार नेपाली सहित सातको मृत्यु, १६ जना बिरामी

 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया