दाङकाे दङ्गीशरण गाउँपालिका-१ मा कांग्रेसकाे प्यानल नै विजयी

 बैशाख ३१, २०७९ शनिबार १२:५६:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रमेश भण्डारीसहित प्यानल नै विजयी भएकाे छ । 

भण्डारीले ६ सय ४४ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद चौधरीले ५ सय ५३ मत मात्रै ल्याउनु भएकाे छ । भण्डारीले ९१ मतको अन्तरले जित्नुभएकाे छ । 

कांग्रेसकै खुल्ला सदस्यहरु चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार विजयी भएका हुन्।

पराजित चौधरी २०७४ सालको पालिका चुनावमा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया