खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ

 बैशाख ३१, २०७९ शनिबार १३:४४:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा गएराति भएको खुकुरी प्रहारको घटनामा संलग्न रहेको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ  परेका छन् ।

खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्रबाट उमपेयर पदका उम्मेदवार ४६ वर्षका सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हाे । त्यसैगरी घटनामा संलग्न रहेको आरोप लागेका सुशीलका छोरा २४ वर्षका सुमन नेपाली, २० वर्षका सुदन नेपाली फरार रहेको प्रहरीले बताएको छ । स्थानीयको पूजामा नाँच हेर्न गएका युवाहरुबीच भएको सामान्य विवादले ठूलो रुप लिएको थियो ।

खुकुरी प्रहारबाट ४ जना घाइते भएको ईलाका प्रहरी कर्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा तुलसिपुर–४ बस्ने २८ वर्षका कुलबहादुर ओली, सोही ठाउँ निवासी २२ वर्षका प्रेमप्रकाश खड़का, ३० वर्षका चन्द्रबहादुर ओली, र २८ वर्षका रमेश खड़का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेमध्ये कुलबहादुर र प्रेम प्रकाशको अवस्था गम्भीर भएको र उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको डीएसपी अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया