घोराही उपमहानगरपालिकामा गठबन्धनकाे अग्रता

 बैशाख ३१, २०७९ शनिबार १४:७:२४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको घोराही उपमहानगरपालिकामा गठबन्धन दलका साझा उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । 

घोराहीमा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्माले एक सय ७२ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका यसअघिका मेयर तथा पोलिटब्यूरो सदस्य नरुलाल चौधरीले एक सय ४५ मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै गठबन्धनबाट उपमेयरमा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीले एक सय ८० र एमालेकी उपमेयरकी उम्मेदवार हुमा डिसीले एक सय ४० मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै दाङको गढवा गाउँपालिका वडा नम्वर ८ मा एमालेका उमेदवारहरु विजयी भएका छन् । वडा अध्यक्षमा खालिक सिद्धिकी निर्वाचित हुनुभएको छ । उहाँसहित पुरै प्यानल विजयी भएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया