दाङकाे शान्तिनगर गाउँपालिका–२ काे अध्यक्षमा २७ वर्षीय स्वतन्त्र उम्मेदवार विजयी

 जेठ १, २०७९ आइतबार १२:१७:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको एक गाउँपालिकाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका २७ वर्षीय सुनिल वली विजयी हुनुभएकाे हाे ।

स्वतन्त्र उम्मेदवार वली आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३२ मतले पछि पार्दै ६ सय २९ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुरप्रसाद केसीले पाँच सय ९७ मत प्राप्त गर्नुभयाे । 

त्यस्तै कांग्रेसका उम्मेदवार टोपेन्द्रकुमारी खड्काले तीन ५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले तीन सय ३४ मत प्राप्त गर्नुभएकाे थियाे । वडाध्यक्षमा विजयी हुनुभएका वलीले धारा चुनाव चिह्न पाउनुभएकाे थियाे।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया