यसरी मनाए राउटेले संविधान दिवस

 असोज ३, २०७५ बुधबार १३:२७:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा पनि आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले विशेष समारोहको आयोजना गरेको थियो । 

कर्णाली प्रदेशका विभिन्न स्थानमा फिरन्ते जीवन बिताउँदै आएका  राउटे समुदायले पनि खुशीका साथ संविधान दिवस मनााएका छन् । उनीहरुले सांस्कृतिक कार्यक्रमसहित मूल ब्यानर लिएर प्रभात फेरीमा सहभागी भएका थिए । संविधान दिवसको अवसरमा आफूहरु खुशी भएको उनीहरुले बताए । 

संविधान आफूलाई थाहा भएको भन्दै यसरी सबैसँग मनाउन पाउँदा खुशी लागेको राउटे समुदायका मुखिया वीरबहादुर शाहीले बताउनुभयो । ‘संविधानका बारेमा थाहा छ’ उहाँले भन्नुभयो, ‘आज तिमि पनि खुशी छ हामी पनि खुशी छ । रमाइलो मानेछौँ ।’ 

कार्यक्रममा सोहि संविधान दिवशको अवसरमा राउटे जातिले आफ्नो विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कर्णालीको गुराँस गाउँपालिका दैलेखमा राउटे समुदाय बस्दै आइरहेका छन् ।

संविधान दिवसको अवसरमा  वीरेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गरिएको विशेष समारोहमा  कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, प्रदेश सांसदहरु, विभिन्न राजनितिक दलका प्रमुख एव्म प्रतिनिधि, कर्र्मचारी, सुरक्षा निकाय, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया