सिद्धिचरण नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार ८:२२:४१ | प्रेमनारायण आचार्य
unn.prixa.net

ओखलढुङ्गा - सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा जित निकाल्नु भएको छ । खनालले ६ हजार ७ सय ९१ मत पाउनुभएको छ ।

निकटम प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याउनुभएको छ । उपमेयरमा भने नेकपा एमाले केदारबाबु बस्नेत विजयी हुनुभयो । उहाँले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पार्नुभएको हो । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वि शाक्यले ५ हजार १ सय ५२ मत पाउनुभयो ।  

यहाँ १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया