तुलसीपुरमा जारी पुनः मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खस्यो

 जेठ ३, २०७९ मंगलबार १३:४७:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।

मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदिप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।

उक्त वडामा जम्मा ६ हजार १ सय ७० मतदाता रहेका छन् । वडाका दुई स्थानमा मतदान हुँदैछ । जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७ सय ५६ र दिपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४ सय १४ मतदाताले मतदान गर्दै छन् ।

वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकाको यसअघि मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले बताएको छ । मतगणना सरकारी वकिलको कार्यालय तुलसीपुरमा हुने तय भएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया