कर्णालीका मुख्यमन्त्री शाही चीन प्रस्थान

 असोज ३, २०७५ बुधबार १७:३०:१६ | मुना हमाल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बुधबार चीन प्रस्थान गर्नुभएको छ । 

शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि ३ सदस्यीय टोलीसहित चीन प्रस्थान गर्नुभएको हो । 

मुख्यमन्त्री शाही बुधबार बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीन जानु भएको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । 

भ्रमण टोलीमा  आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, प्रदेश सरकारका विज्ञ सिरेड नेपालका अध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मी पनि सहभागी हुनुहुन्छ । 

मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि वातावरण बनाउने विषयमा केन्द्रीकृत हुनेछ । भ्रमणका क्रममा कर्णाली प्रदेशको हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम र द्विदेशीय सीमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गरिने पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो ।  

चीनको सिचुआन प्रान्तका गभर्नर यिन लीको  औपचारिक निमन्त्रणामा ६ दिनका लागि चीन जानु भएका शाही पश्चिम चीन अन्तराष्ट्रिय मेलामा पनि सहभागी हुनुहुनेछ । 
उहाँले आफू चीन जाँदा आन्तरिक कामिला तथा कानुन मन्त्री भण्डारीलाई कार्यवाहक मुख्यमन्त्रीको अख्तियारी दिनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया