कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा सार्वजनिक

 असोज ३, २०७५ बुधबार २०:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर –  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ७६ हजार दुई सय २७ सहभागी भएकामा नतिजा अनुसार ए प्लस ल्याउने ८४, ए ल्याउने दुई सय ८४, बी प्लस ल्याउने आठ सय ४० रहेका छन् ।

बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षामा बी ल्याउने तीन हजार ३७३, सी प्लस ल्याउने नौ हजार ७५१, सी ल्याउने २१ हजार ५७४ र डी प्लस ल्याउने २२ हजार २९७ रहेका छन् । त्यसैगरी ग्रेड डी ल्याउने १० हजार ४४७ र ई ल्याउने सात हजार ५७७ छन् ।

परीक्षामा डी प्लस वा सो भन्दा मुनि कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । व्यवस्था अनुसार मौका परीक्षामा एक लाख १६ हजार सहभागी हुन पाउने भए पनि ७६ हजार दुई सय २७ जना मात्र सहभागी भएका थिए ।

यस वर्षको मौका परीक्षाको नतिजा अघिल्लो वर्षभन्दा १४ दिन अघि सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ । बोर्डले गत  भदौं १६ गते कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया