प्रतिनिधिसभाका समिति सभापतिको लागि आज उम्मेदवारी दर्ता

 असोज ४, २०७५ बिहिबार ६:६:४५ | उज्यालो सहकर्मी

काठमाडौं - संघीय संसद सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० विषयगत समितिका सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यक्रम अनुसार बिहीबार बिहान ११ देखि ५ बजे सम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्छ । समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक राख्नुपर्नेछ ।

सबै १० वटा समितिमा दर्ता हुन आएको उमेदवारको सूची बिहीबार बेलुका प्रकाशन गरिने छ । शुक्रबार बिहान ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार उमेदवारको नाम निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ । जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यो नै विजयी हुन्छ ।

सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिनेछ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया