टिपरकाे ठक्करबाट युवकको ज्यान गएपछि कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द

 जेठ ७, २०७९ शनिबार १३:२१:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट–तुलसीपुर सडक खण्ड अहिले बन्द छ ।

टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरेका हुन्। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्तरुपमा विज्ञप्ति निकालेर आज बिहान १० बजेदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरिएको जनाएका हुन् । 

अत्यावश्यक गाडी एम्बुलेन्सबाहेक अन्य सबै गाडीलाई रोक लगाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । घटना भएको तीन दिनसम्म पनि घोराही सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक बन्द गरिएको हो ।

तुलसीपुर-४ हर्नेटीमा यही बिहीवार बेलुका टिपरकाे ठक्करबाट गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको थियो ।

कपुरकोटबाट तुलसीपुर आउँदै गरेकाे रा १ प ३१७९ नम्बर मोटरसाइकललाई रा १ ख ११२३ नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको थियाे । 

मृतक सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनामा संलग्न व्यक्ति सम्पर्कमा नआउँदासम्म पोष्टमार्टम नगर्ने पीडित परिवारकाे अडान छ ।ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया