कालीकोटका नौ वटै पालिकाकाे मत परिणाम सार्वजनिक

 जेठ ७, २०७९ शनिबार २०:५:४७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – पालिका चुनाव २०७९ अन्तर्गत कालीकोटका नौ वटै पालिकाको मत परिणाम सार्वजनिक  भएको छ । 

कालीकोटका एक वटा नगरपालिकामा मेयर र एक वटा नगरपालिकामा उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । 

त्यस्तै चार वटा गाउँपालिकामा अध्यक्ष र तीन वटा गाउँपालिकामा उपाध्यक्ष पनि माओवादी केन्द्रले जितेको छ । 

नेपाली कांग्रेसले एक नगरपालिकामा मेयर, एक गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एक नगरपालिका मेयर र एक गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

१) पलाँता गाउँपालिका
 क) विष्णु बहादुर रोकाया अध्यक्ष (माओवादी केन्द्र)
 ख) अलैपुरा जैसी उपाध्यक्ष (माओवादी केन्द्र)

२) पचालझरना गाउँपालिका
क) देवराज शाही अध्यक्ष (माओवादी केन्द्र)
ख) अल्कीना बम उपाध्यक्ष (माओवादी केन्द्र)

३) रास्कोट नगरपालिका
क) धर्मराज शाही प्रमुख (माओवादी केन्द्र)
ख) मनिराज बराल उपप्रमुख (एकीकृत समाजवादी)

४) सान्नीत्रिवेणी गाउँपालिका
क) मोहन बहादुर केसी अध्यक्ष (स्वतन्त्र)
ख) पार्वती सिंह उपाध्यक्ष (नेकपा एमाले)

५) नरहरिनाथ गाउँपालिका
क) नगेन्द्र विष्ट अध्यक्ष (नेपाली कांग्रेस
ख) कमल शाह उपाध्यक्ष (माओवादी केन्द्र)

६) शुभकालिका गाउँपालिका
क) गोविन्द्र प्रसाद आचार्य अध्यक्ष (माओवादी केन्द्र)
ख) धर्मकला शाही उपाध्यक्ष (नेपाली कांग्रेस

७) महाबै गाउँपालिका
क) खेमबहादुर सिंह अध्यक्ष (माओवादी केन्द्र)
ख) दानसिंह सेजुवाल उपाध्यक्ष (नेकपा एमाले)

८) तिलागुफा नगरपालिका
क) शंकर उपाध्याय प्रमुख (नेपाली कांग्रेस
ख) महेन्द्र बहादुर शाही उपप्रमुख (नेकपा एमाले)

९ खाँडाचक्र नगरपालिका
क) कमल बहादुर शाही प्रमुख (स्वतन्त्र)
ख) गणेश बहादुर शाही उपप्रमुख (माओवादी केन्द्र)
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया