मुग्लिन–नारायणगढ सडकमा फेरि अर्काे पहिरो, बाटाे अवरुद्ध

 जेठ २२, २०७५ मंगलबार ९:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चारकिलोमा बिहान अर्को पहिरो खसेपछि आवातजावत ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि बिहान बिहान ५ बजेतिर खसेको पहिरो हटाएर एकतर्फी आलोपालो गरी गाडी गुडाउन दिइएकोमा पौने ८ बजेतिर अर्को पहिरो खसेपछि आवात–जावत ठप्प भएको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि अहिले सयौं गाडी बाटोमै रोकिएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया