आँखाको उपचार हुन नसक्दा पढाइबाट वञ्चित पुरन !

 जेठ १०, २०७९ मंगलबार १५:३७:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी – उपचारका लागि आर्थिक अभाव भएपछि डोटीको आदर्श गाउँपालिका ६ गिरीचौँकाका १४ वर्षीय पुरन अधिकारी वर्षाैँदेखि घरमै बस्न बाध्य हुनुभएकाे छ । पढ्ने इच्छा भए पनि अधिकारी दुवै आँखा नदेख्ने भएका कारण विद्यालय जान पाउनुभएकाे छैन । आर्थिक अभावका कारण पुरन आँखा नदेख्नेहरूका लागि पढाइ हुने विद्यालयमा जान पाउनुभएकाे छैन । 

बालबालिकाको आँखाको सामान्य जाँच देशका सबैजसो अस्पतालमा हुने गरेकाे छ । तर शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाण्डाैका ठूला अस्पतालमा नै जानुपर्ने बाध्यताले पुरनलाई अस्पताल पुर्‍याउन नसकेको उहाँका बुवा जैरामले बताउनुभयो । उहाँले भन्नुभयो, 'यताका अस्पतालमा शल्यक्रिया हुँदैन, जिल्लाबाहिर लैजान पैसा छैन, कसरी छोरालाई आँखा देख्ने बनाउने भन्ने समस्याले पिरोलिरहन्छ ।' 

बालबालिकामा आँखासम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ कुँवर बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'बालबालिकामा आँखासम्बन्धी समस्या देखिए तत्काल उपचार गरे निको हुने सम्भावना रहन्छ, कुरेरै बसेपछि जटिल समस्या बन्न सक्छ ।'

डोटीमा आर्थिक अभावका कारण समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरै बालबालिका अन्धोपनको सिकार भएका छन् । जन्मजात आँखा नदेख्ने पुरन पनि यसैको सिकार हुन बाध्य हुनुभएकाे हाे । अहिले उहाँको दैनिकी रेडियो सुनेर गीत गाउँदै बितेकाे छ ।

आफ्नाे छाेराकाे उपचारका लागि सहयाेग गरिदिन उहाँकाे परिवारले अपिल गरेका छन् । पुरससँगैको कान्छो भाइसमेत आँखा नदेख्ने भएपछि परिवार झन् पीडामा छ ।

'म बाँचुन्जेल त छोराहरुको हेरचार गरुँला, म नभएपछि यिनीहरुको भविष्य के होला, जहिले चिन्ताले सताएको हुन्छ', आमा पशुलीले दुःखेसाे गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया