दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडौं – सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बालाजु क्षेत्रमा आवश्यकता अुनसार बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सुरज रेग्मीले बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनबाट आपूर्ति हुने क्षेत्रमा वत्ति जाने जानकारी दिनुभयो ।
बालाजु–धर्मस्थली फिडर अन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा भोलि बत्ती जाने छ ।
बालाजु–नागार्जुन फिडरबाट आपूर्ति हुने एमटीसी पर्खाल, जनजागृती, रोटरी क्लब, टौडोल, शितलास्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा पनि भोलि बिजुली अनियमित हुने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।