चित्तल मार्ने दुईजना पक्राउ

 असोज ५, २०७५ शुक्रबार ११:७:३९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुले जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ । 

पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताउनु भयो ।

चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरु अहिले जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि थुनामा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया