नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष (सूचीसहित)

 असोज ५, २०७५ शुक्रबार १४:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो । 

प्रदेश १  

प्रदेश संगठन कमिटी इन्चार्ज – भीमप्रसाद आचार्य
सह–इन्चार्ज – सावित्री काफ्ले 
अध्यक्ष – देवराज घिमिरे  
सचिव – सुरेशकुमार राई

प्रदेश २  

प्रदेश संगठन कमिटी इन्चार्ज – सत्यनारायण मण्डल 
सह–इन्चार्ज – विश्वनाथ साह 
अध्यक्ष – प्रभु साह 
सचिव – सुमनराज प्याकुर्‍याल 

प्रदेश ३ 

प्रदेश संगठन कमिटी इन्जार्च अष्टलक्ष्मी शाक्यलाई
सह–इन्चार्ज – नारायण दाहाल 
अध्यक्ष – हितमान तामाङ 
सचिव – आनन्दप्रसाद पोखरेल   
प्रदेश तीनले महिला इन्चार्ज पाएको छ । 

गण्डकी प्रदेश 

इन्चार्ज – पृथ्वीसुब्बा गुरुङ 
सह–इन्चार्ज – खगराज अधिकारी 
अध्यक्ष – हितराज पाण्डे 
सचिव – गोविन्द नेपाली

प्रदेश ५ 

इन्चार्ज – शंकर पोखरेल
सह–इन्चार्ज –दलबहादुर राना 
अध्यक्ष – ओनसरी घर्ती  
सचिव – जगप्रसाद शर्मा 

कर्णाली प्रदेश 

इन्चार्ज –जनार्दन शर्मा
सह–इन्चार्ज यमलाल कँडेल 
अध्यक्ष – गोरख बोगटी 
सचिव – मायाप्रसाद शर्मा 

प्रदेश ७ 

प्रदेश संगठन कमिटी इन्चार्ज – भीम रावल 
सह–इन्चार्ज – लक्ष्मीदत्त जोशी
अध्यक्ष – कर्णबहादुर थापा
सचिव – सिंहराज चौंधरी

करिब ४ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रदेश संगठन कमिटीको नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । व्यापक छलफलपछि सर्वसम्मतिले सबै प्रदेश कमिटीको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको पार्टी सचिवालयका सदस्य इश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबार (भोलि) बाट हुने आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउनु भएको थियो भने अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत र चीन भ्रमणबारे ब्रिफिङ गर्नु भएको थियो 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया