पशुपतिको अतिक्रमण गरिएका जग्गा फिर्ता गरेरै छाड्छौँ : मन्त्री आले

 जेठ २४, २०७९ मंगलबार १७:१६:९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । 

भूकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरूपा मन्दिर र सतलको आज मङ्गलवार पुनर्निर्माणको उद्घाटन उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।’

मन्त्री आलेले राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा निर्माण भएको विश्वरूपा मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको र अब चाँडै पुनर्निर्माण हुने बताउनुभयो । अरूभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ धेरै पर्यटक भित्रिने हुँदा चाँडो निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो ।

यो मन्दिर ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया