दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो
चैत १६, २०८० शुक्रबार
अर्घाखाँची – उच्च अदालत तुलसीपुर, दाङले मालारानी गाउँपालिकाको केन्द्र परिवर्तन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
केन्द्र परिवर्तन गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ४ को उपदफा ३ र ४ कार्यविधि पूरा नगरेको भन्दै अर्को सूचना जारी नभएसम्म निर्यण कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको हो ।
कानुनी प्रक्रिया पूरा नगरेको भन्दै गाउँ कार्यपालिकाको नाममा तत्काल अर्को आदेश जारी नभएसम्म गाउँपालिकाको कार्यालय नसार्न २०७३ को नियम ४२ अनुसार अन्तरिम आदेश जारी गरिएको हो ।
अन्तरिम आदेश जारी भएपछि मालारानी गाउँपालिकाले शुक्रबार जग्गा गाउँपालिकाको नाममा नामसारी गराउन सन्धिखर्क आए पनि त्यसै फिर्ता भएको मालारानी गाउँपालिका केन्द्र नसार्न माग गर्दै आउनु भएका संघर्ष समितिका संयोजक शोभाखर खनालले जानकारी दिनुभयो ।
खनदह बजारमा रहेको मालारानी गाँउपालिकाको केन्द्र एकरातेमा राख्ने गाँउ कार्यपालिकाले निर्णय गरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए ।