साउदीमा जेल परेका रोल्पाका दिलबहादुरको ब्लडमनी तिरेर उद्धार

 असोज ६, २०७५ शनिबार १२:४८:४९ | उज्यालो सहकर्मी

काठमाडौं – दुई वर्षदेखि साउदी अरबमा जेल सजाय भोगिरहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई  ब्लडमनी तिरेर स्वदेश फर्काइएको छ ।

दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बपातको २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ रकम बुझाएपछि दिलबहादुर जेलमुक्त भएर शनिबार स्वदेश फर्किनुभएको हो । 

दिलबहादुरले चलाएको ट्रकमा कार ठोक्किँदा कार चलाइरहेका साउदी नागरिकको मृत्यु भएपछि उहाँ जेल पर्नुभएको थियो । अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाउँदै मृतकका परिवारलाई २ लाख २५ हजार रियाल अथवा झण्डै ६५ लाख रुपैयाँ ब्लडमनी दिनुपर्ने फैसला गरेको थियो । 

दिलबहादुरले तिर्नपर्ने ब्लडमनी बापतको रकम जुटाउन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा अभियान चलाइएको थियो । अभियानबाट आवश्यकता भन्दा झण्डै एक करोड रुपैयाँ धेरै रकम उठेको दिपेश पुनले बताउनुभएको छ ।

‘तीन महिनाअघि सुरु गरेको अभियानबाट आवश्यकता भन्दा पनि बढी रकम उठेको छ, दिलबहादुरलाई चाहिने रकम परराष्ट्र मन्त्रालय मार्फत पठाएर उहाँलाई फर्काएका हौं, दिपेश पुनले फेसबुक लाइभ मार्फत भन्नुभएको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया