एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ ।
कांग्रेस नेता डा. मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्टयाउनु भएको हो । निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उहाँको तर्क थियो ।
आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त ?’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दावी पनि गर्नुभयो ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको छ । नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढी हुने भएकाले त्यसमा थप बहसको आवश्यक्ता तत्कालका लागि नरहेको पनि स्मरण गराउनु भयो ।
कांग्रेस नेता रिजालले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने काम गर्न नहुने पनि स्पष्ट पार्नु भयो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।