विनाेद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने

 असार २१, २०७९ मंगलबार १९:२८:५१ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डोटी – अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ पर्नुभएकी पञ्चदेवलकी मेयर अम्बिका चलाउनेलगायत तीन जनामाथि मुद्दा नचल्ने भएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामको टोलीले गरेको अनुसन्धानमा मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कौशल ढुङ्गानाले मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै मेयरसहित तीन जनामाथि मुद्दा नचल्ने निर्णय गर्नुभएको हो ।

घटना भएको समयमा मेयर चलाउने कैलाली, नेत्रबहादुर शाही काठमाण्डौ र रामबहादुर शाही मङ्गलसेनमा भएको, घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पठाएको हो । 

शााहीको हत्या आरोपमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर चलाउनेसहित १२ जना नेता, कार्यकर्ताका नाममा गएको जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो । 

गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला पर्नुभएको थियो । उहाँको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । मेयर चलाउनेसहित सात जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् भने किटानी जाहेरी दर्ता गराइएकामध्ये ६ जना अझै फरार रहेका अछाम प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया