तल्लो स्वराडमा चितुवा आतंक

 असोज ८, २०७५ सोमबार १६:८:३४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ निङलाडमा चितुवा बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

गएको दुईहप्ता यता गाउँमा चितुवाले आतंक मच्चाएको स्थानीयवासी नरेन्द्रबहादुर चन्दले बताउनुभयो । अहिलेसम्म स्थानीय किसानका एक दर्जन बढी बाख्रा चितुवाले खाइसकेको उहाँले बताउनुभयो ।

स्थानीय हरि चन्द, लक्ष्मी चन्द, शंकर चन्द, मनोज चन्द, सन्तोकी चन्द, गोरख चन्दलगायतका किसानहरुले पालेका बाख्रा चितुवाले खाएको उहाँले बताउनुभयो । 
गाउँमा चितुवाले लगातार बाख्रा खान थालेपछि स्थानीयवासीहरु त्रसित बनेका छन् । २०६८ साल यता तल्लोसोराडमा चितुवाले आतंक मच्चाउँदै आएको छ ।

अहिलेसम्म चितुवाको आक्रमणबाट २३ जनाको ज्यान समेत गइसकेको छ । चितुवाले पटकपटक मानिसलाई आक्रमण गर्ने भएकाले बाख्रा खाने चितुवाले मानिसलाई समेत आक्रमण गर्ने हो कि भन्ने चिन्ताले सताएको स्थानीयवासी नरेन्द्र चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया