तनहुँमा बस र माइक्राेबस ठाेक्कियाे : दुईजनाको मृत्यु, आठजना घाइते

 असोज ९, २०७५ मंगलबार ९:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा २ महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २७/२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन् । 

पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाएको हो । 

दुर्घटनामा परी माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । अन्य सामान्य घाइते भएका ६ यात्रुको दमौली अस्पतालमा उपचार भैरहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया