बलात्कारको आरोपमा जेठाजु पक्राउ

 असोज ९, २०७५ मंगलबार १६:३२:३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय  बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् । पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम पटक ०७५ असोज ४ गते आफूलाई जेठाजुहरुले बलात्कार गरेका पीडितले बताएकी छिन् ।

अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन् । पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन् ।

पटक–पटक घटना भएको र आरोपीहरुले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन् । जेठाजुहरुले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ । 

आरोपीतहरु हिरासमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया